दफा १०क
मालपोत दर निर्धारण गर्ने
  दफा १० मा जुनसुकै कुरा लेखिएको भएतापनि यस ऐन बमोजिम जग्गावालाले प्रत्येक वर्ष बुझाउनु पर्ने मालपोतको दर नेपाल सरकारले निर्धारण गर्न वा त्यस्तो मालपोतको दर स्थानीय तहले निर्धारण गर्ने गरी तोक्न सक्नेछ ।